शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
25.1 C
Kathmandu
34.8 C
Birgunj

बाढीले चन्द्रनहर भत्कायो, ५ सयभन्दा बढी घर डुबानमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राजविराज,०५ साउन । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले २ ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले बताए ।

- Advertisement -

उनका अनुसार २ स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ । ‘जंगली क्षेत्रबाट अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ गौतमले भने ।

बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमका अनुसार सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबेका हुन् । ती घरमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।

- Advertisement -

यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेका छन् ।

तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार