सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

चीनमा नयाँ भाइरस ‘मंकी बी’ देखियो, एक जनाको मृत्यु

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०५ साउन । चीनमा एउटा नयाँ भाइरस ‘मंकी बी’ देखिएको छ । यो नयाँ पाइरसले एक जनाको ज्यान लिएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले पुष्टि गरेको हो ।

- Advertisement -

सो पत्रिकाले लेखेको छ, ‘बेइजिङमा मंकी भाइरसका कारण केही दिनदेखि बिरामी ५३ वर्षीय पशु चिकित्सकको मृत्यू भएको छ ।’ ति व्यक्तिको सम्पर्कमा रहेका अन्य व्यक्तिहरु भने पूर्ण रुपमा स्वास्थ्य रहेको दावी गरिएको छ ।

- Advertisement -

उनले मार्च महिनामा दुई मृत बाँदरमाथि अध्ययन गरेका थिए । त्यसको एक महिनामा नै उनमा भाइरस संक्रमणको लक्षण देखिएको थियो । मंकी बी भाइरससँग जोडिएको यो पहिलो घटना भएको पनि चिनियाँ मिडियाहरुको दावी छ ।

यो भाइरससँग सिधै सम्पर्क हुँदा वा शारीरिक स्रावहरुका कारण यसको संक्रमण हुने बताइएको छ । भाइरस संक्रमण भएको खण्डमा ७० देखि ८० प्रतिशत मृत्यु दर भएको पनि बताइएको छ । यो भाइरसले मस्तिष्कमा क्षति पुर्याउने गरेको वैज्ञानिकहरु बताउँछन् । रासस

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -