सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

विश्वासको मत लिनेक्रममा गरेको प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्रीसमक्ष ठाकुर पक्षको माग

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आफूहरूसँग गरिएको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

- Advertisement -

अदालतको आदेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवाले संसदमा विश्वासको मत लिनुअघि जसपाको ठाकुर पक्षसँग माग पूरा गर्ने प्रतिबद्धता गरेका थिए । ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको सोही प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।

- Advertisement -

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -