सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

प्रहरी चौकी पथलैयाका ११ जना प्रहरी कारवाहीमा, अवैध रकम असुलीको आरोप

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०५ साउन । निषेधाज्ञाका क्रममा अवैध रकम असुली गरेको आरोपमा प्रहरी चौकी पथलैयाका ईन्चार्जसहित ११ जना प्रहरीलाई अनुसन्धानका लागि जिल्ला झिकाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र प्रहरी चौकी पथलैयाले सय–सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको जाँच गर्ने र रकम असुल्ने गरेको जन गुनासोपछि कारवाही थालिएको हो ।

- Advertisement -

प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादवसहित ११ जनालाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा झिकाइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । हाल पथलैया चौकी ११ जना नयाँ प्रहरी अधिकारीहरु पठाइएको प्रवक्ता मिश्रले बताए । मिश्रका अनुसार अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, तस्करी नियन्त्रण, हातहतियार ओसारपसारलगायतकाको जाँचपासका लागि खटाइएका प्रहरीहरुले रकम असुली गर्न थालेको विषय प्रकाशमा आएपछि अनुसन्धान थालिएको जनाइएको छ ।

- Advertisement -

प्रदेश ट्राफिक कार्यालय पथलैयामा केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान तथा आवश्यक विभागीय कारबाही गर्ने मिश्रले बताए ।

निषेधाज्ञाको समयमा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई हजार रुपैयाँसम्म लिने गरेका थिए । दुवै चेक पोस्टमा चर्को शुल्क लिएपछि त्यसको भुक्तानी यातायात व्यवायीले सर्वसाधारणबाटै असुल्दा यात्रुले चर्को भाडादरमा यात्रा गर्नुपरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -