सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

मेयर पदका लागि चुनाव लड्ने पूर्वसाँसद सरिता गिरीको घोषणा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा,०६ साउन । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।

- Advertisement -

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।’

- Advertisement -

उनले अब ५ वर्ष स्थानीय स्तरमा जनताको सेवा गर्ने उल्लेख गर्दै आजको दिनदेखि सहयोग र सम्पर्कका लागि सबैमा अपिल गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र र पारदर्शिता नभइ सबैको विकास हुन नसक्ने उनको भनाइ छ ।

ह्वीप नमानेपछि पार्टीको निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको थियो । गिरीलाई पार्टीको सदस्यबाट समेत हटाइएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -