शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

लाखौं मूल्य बराबरको कुखुरा र लत्ताकपडा बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नवलपरासी,०६ साउन । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको लत्ताकपडासहित विभिन्न समान र वोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा पाल्हिनन्दन गाउंपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । वरामद भएका सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३सय ९२ जिउ वोईलर कुखुरा रामग्राम नगरपालिका वडा १८ बंजरियाबाट वरामद गरेको जनाएको छ ।

- Advertisement -

बरामद भएको कुखुराको मुल्य करिब १ लाख ५६ हजार ८ सय बराबर रहेको छ । वरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार