सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

ठाकुर पक्षले माफी मागेपछि मात्र एकता हुने जसपा उपेन्द्र पक्षको निष्कर्ष

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ साउन । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी मागेपछि मात्र एकता हुने निष्कर्ष निकालेको छ ।

- Advertisement -

मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो । पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए ।

- Advertisement -

दोस्रो पटक विघटन गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा तीव्र अन्तरविरोध सुरु भएको थियो । सोही अन्तरविरोधले पार्टी विभाजित हुँदै आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुगेका छन् ।

यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ । सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिने यादव पक्षीय नेताहरूले बताएका छन् ।

यस्तै मंगलबार नै बसेको ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -