सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्नु गैरकानूनी: गगन थापा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता गगन थापाले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खनालसँगको टेलिफोन संवादका क्रममा उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि उनले असन्तुष्टि जनाएका हुन्।

- Advertisement -

नेता थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको स्मरण गर्दै अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी कांग्रेस नेतृत्वको सरकारले नबोक्ने विश्वास व्यक्त गरेका छन्।

- Advertisement -

‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नेछैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ’, उनले ट्विट गरेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -