सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

कमला नदीको बाँध भत्किँदा स्थानीय त्रसित, तत्काल काम चलाउ बाँध बनाइँदै

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनुषा,०६ साउन । कमला नदीको बाँध भत्किएपछि स्थानीयमा त्रास फैलिएको छ । बुधबार बिहान धनुषाको सबैला नगरपालिका-१३ स्थित किरतपुरनजिक बाँध भत्किएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले बताए ।

- Advertisement -

उनका अनुसार बस्तीबाट करिब एक किलोमिटरको दूरीमा रहेको तटबन्ध बाढीले कटान गरेको हो । स्थानीयका अनुसार बाँध कटान गरी बाढी धान खेतसम्मै पुगेको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँ डुबानमा पर्ने जोखिम बढेको छ ।

- Advertisement -

बाँधको करिब ८० प्रतिशत भाग कटान गरिसकेपछि मंगलबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नाइलनको जालीमा माटोको बोरा राखेर दिनभर बाँध बचाउन प्रयास गरेको थियो । तर, राति बाढीले सबै बगाएको धनुषाका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र विष्टले बताए ।

‘पानीको बहाब बढेकाले बाँध मर्मत गर्नसक्ने अवस्था छैन,’ उनले भने, ‘तर, हामी बिहान ६ बजेदेखि नै तारजालीमा बोरा भरेर ड्याम बनाउँदैछौँ । पहाडतिर वर्षा भएर पानीको बहाब बढ्यो भने डेन्जर हुनसक्छ । बालौटे माटो छ अलकति पानी पर्‍यो भने सबै झरिहाल्छ ।’

बाँध मर्मतका लागि अर्थ मन्त्रालयले तत्काल कमला नदी नियन्त्रण आयोजना कार्यालयमार्फत ५० लाख रुपैयाँ पठाएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए। ‘ठूलै बाढी आएन भने पानी बाहिर निस्किने अवस्था छैन । २-४ दिनमा काम चलाउ बाँध पनि तयार भइहाल्छ,’ उनले भने ।

आयोजनासँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पूर्ण शक्ति लगाएर काम गरिरहेको उनको भनाइ छ । बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयलाई सतर्क रहन भनिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -