सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

पानीमा डुबेको अवस्थामा ३ जनाकाे शव फेला

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाँके,०७ साउन । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो । उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

- Advertisement -

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -