मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

श्रीपुरमा कमसल काम गरेको भन्दै पप्पुको गाडी र कर्मचारीहरु स्थानियको नियन्त्रणमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ साउन – कमसल काम गरेको भन्दै निर्माण सेवा कम्पनी पुप्पु कन्सट्रक्सनका गाडी तथा कर्मचारीहरुलाई बीरगन्ज वडा ११ श्रीपुरका स्थानियहरुले नियन्त्रणमा लिएका छन् । शनिवार बिहान सबै टोलवासी सुती रहेको बेला कमसल काम  गरी गाडी लिएर भग्न खोज्दा स्थानियहरुले गाडीलाई नियन्त्रणमा लिएको तथा कर्मचारीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।

- Advertisement -

एकिकृत शहरी विकास कार्यक्रम अन्तगत निर्माण भइरहेको सडक बनाउँने कार्यको जिम्मा लिएको पप्पु कन्सट्रक्सनले स्थानिय जनप्रतिधि तथा आम टोलवासीलाई थाह नै नदिई कमसल काम गरेको कारण गाडी नियन्त्रणमा लिएको स्थानिय अगुवाहरुको भनाई छ ।

सडक निर्माण गर्न पुगेको कर्मचारीहरु तथा स्थानियहरु बिवाद पछि पुगेको प्रहरी टोलीले स्थितीलाई समान्य पारेको तथा दुवै पक्षलाई छलफलको लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बोलाएको छ । बीरगन्ज वडा नं. ११ श्रीपुरका वडा अध्यक्ष प्रधुमन सेराईले काम निकै कमसल भएको कम्पनीले स्टिमेट पनि देखाउँन नमानेको बताउँदै स्थानियहरुले बिरोध गरेको दावी गरेका छन् ।

उनले कम्पनीले जनतालाई धोका दिदै माटोमै पिच बिछयाएको आरोप लगाएका छन् । स्थानिहरुले कम्पनीले नाला पनि नबनाएको तथा राती बनाएको पिच गाडी चल्दा गाडीकै चक्कामा टासिएर जानेको गरेको तथा हातले उखेलेर हेर्दा काम निकै कमसल भएको पाइएको बताएका छन् ।

गडी नियन्त्रणमा लिएका स्थानियहरुले जब सम्म काम गुणस्तीय हुदैन गाडी नछोडने प्रतिक्रिया दिएका छन् । स्थानिय सुकदेव चौरसियाका अन्ुसार अरु ठाउँबाट बचेको समाज रातीमै लिएर आएका कम्पनीले सबै टोलवासी सुती रहेको वेला काम गरी भाग्न खाजेको आरोप लगाए । ठेक्कदार इन्जिनियर र डिनको मिलोमतोमा यो टोलमा कमसल काम गर्न खोजिएको आरोप चौरसियाले वताए ।

श्रीपुरका युवा संतोष कुमार यादवले कम्पनीले राती ११ बजे छापामार शैलीमा काम गर्न आएको तथा सबै टोलवासी सुती सकेका वेला काम गर्न शुरु गरेको तथा विहान उठेर हेर्दा पिच फुटन थाले पछि स्थानियहरुले हो हल्ला गरी काम रोकेको वताए । उनका अनुसार निर्माण कम्पनीका कर्मचारी गाडी लिएर भाग्न थाले पछि स्थानियहरुले मेनरोडको पुलबाट गाडी समातेर लिएरका आएका हुन् ।

घटना स्थलमा पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक  दिनेश गौतमको नेतृत्वमा पुगेको प्रहरी टोलीले कम्पनीको तीन वटा गाडी मध्ये एउटा गाडी छुटाएको तथा दुवै पक्षलाई छलफलका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बोलाएका छन् । अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा घटनाको बिषयमा शहरी विकासका इन्जिनियर,निर्माण कम्पनीका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि तथा स्थानिय अगुवाहरु बिच छलफल भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक गौतमले वताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -