शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...
23.1 C
Kathmandu
32.3 C
Birgunj

साङ्लाले घरभित्र हैरान पारिरहेको छ ? यसरी पाउनुहोस् छुट्कारा !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । साङ्ला भन्नेवित्तिकै सबैले नाख खुम्च्याउने गर्दछ । यो किरा अगाडी आएको कसैलाई मन पर्दैन । सकेसम्म देख्नै नपरोस् भनेर यसबाट टाढा रहन मानिसहरु भरमग्दुर कोशिस गर्ने गर्दछन् ।

- Advertisement -

साङ्लाले भान्सामा हामीले फालेका खानेकुराहरु खान्छ । खाएर त्यसले तपाईंको भान्सा कोठामा मलमुत्र बिसर्जन गरी फोहोर पार्ने काम गर्छ । यो किराले न्यानो, ओसिलो र अध्यारो वातावरण बढि रुचाउँछ । यसले धेरै चीजमा हानी पुर्याउँछ र दुर्घन्ध पनि फैलाउँछ । यसले खाने भनेको वनस्पतीजन्य पदार्थ, मासुजन्य पदार्थ, कागज, कपडा, अन्य स–साना किराहरु आदि हुन् । साच्चै भन्‍नुपर्दा साङ्लाले काँक्राबाहेक सबथोक खाने गर्छ ।

साङ्ला किन हानीकारक छ ?

- Advertisement -

साङ्लाले फोहोर र दुर्गन्ध बढाउनुको साथै विभिन्‍न किसिमका रोगहरु सार्ने काम पनि गर्छ । संवेदनशील व्यक्तिलाई यसले एलर्जीको समस्या उत्पन्‍न गराउँछ । साङ्ला झाडापखाला, हैजा, टाइफाइड, ज्वरो आदि रोग लगायत अन्य सरुवा रोगको संवाहक हो ।

भान्साकोठामा साङ्ला आउन नदिने उपायहरु

एउटा लोकप्रिय भनाई नै छ ‘उपचार भन्दा राम्रो रोकथाम हो’ । त्यस अनुरुप हामीले गर्नुपर्ने पहिलो काम भनेको हामी यो कुरामा निश्‍चित हुनुपर्छ कि साङ्लाहरु घर भन्दा बाहिर नै छन् र घर अथवा भान्सामा त्यसलाई आउने बाटो छैन । यसरी साङ्लालाई रोक्नको लागि केही व्यवहारिक कार्यहरु गर्नुपर्छ ।

घरको भित्ता र भुइँ बिच दुरी नराख्‍नुहोस् । खाली ठाँउ छ भने त्यसलाई राम्रोसँग पानी समेत पस्‍न नमिल्ने गरी बन्द गर्नुहोस् ।

– चर्किएका भित्ता र पाइपहरु मर्मत गरी त्यसलाई टाल्नुहोस् ।

– झ्यालका चौकसहरुमा भएका खाली ठाँउहरु टाल्नुहोस् ।

– फर्निचरको पछाडि वा मुनि साङ्ला लुक्ने भएकोले बेलाबेलामा त्यसलाई हटाएर सफा गर्नुहोस् ।

– जुठा भाडाकुडाहरु भान्सामा त्यसै नछोड्नुस् ।

– सिंकको चारैतिर खाली ठाँउ नरहने गरी टाल्नुहोस् ।

– भान्साकोठा सफा राख्‍नको लागि बेलाबेलामा कुचो लगाई मप गर्नुहोस् ।

साङ्ला फोहोरमा बढि देखिने हुदा डस्टबिनमा फोहोर धेरै कोचेर भाडा भन्दा अग्लो बनाएर नराख्‍नुहोस् । डस्टबिन भरीएपछि फोहोर एउटा झोलामा खनाएर त्यसलाई राम्रोसँग बाधेर व्यवस्थापन गर्नुहोस् र डस्टबिनको ढकनी सधै बन्द राख्‍नुहोस् ।

साङ्ला हटाउने उपायहरु

साङ्ला विभिन्न रोगको कारक तत्वमात्र नभएर यसले वातावरणलाई पनि अस्वस्थ र फोहोर बनाउँछ । अर्को खराब तथ्य यो हो कि तिनीहरु उड्न पनि सक्छन् । यसका साथै यीनीहरु चाँडै भयानक दरमा बढ्ने र फैलने भएकोले सक्दो चाँडो यसलाई नियन्त्रण गर्नु महत्वपूर्ण हुन्छ । यहाँ केहि घरेलु उपचार विधीहरु छन् जसको प्रयोगले धेरै हदसम्म साङ्लासँग लडि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

– बोरीक एसिड, चिनी र गहुको पिठोको मिश्रण बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।

– मरीचको धुलो, पिसेको लसुन र प्याजलाई एक लिटर पानीमा घोलेर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।

– नीमको पातलाई पानीमा घोलेर साङ्ला आउने ठाँउमा छर्कनुहोस् ।

– एक लिटर पानीमा चार चम्चा डिटरजेन्ट पाउडर मिसाएर साङ्लालाई सिधै छर्किदिनुहोस् ।

– टिनको भाडोमा केहि टुक्रा काक्रो राख्नुहोस् । यसो गर्दा रासायनिक प्रतिक्रियाले गन्ध उत्पन्‍न हुन्छ जुन साङ्लाको लागि हानिकारक साबित हुने गर्छ ।

– तेजपत्तालाई धुलो बनाएर साङ्ला आउने ठाँउमा छर्नाले त्यसको गन्ध सहन नसकि साङ्ला आफै हराउदै जान्छ ।

– साङ्ला आइराख्‍ने ठाँउमा बेकिङ सोडा र चिनीको मिश्रण छर्नाले पनि साङ्ला आउन सक्दैन ।

– दालचिनीको धुलो बनाएर भान्साको वरपर छर्न सकिन्छ ।

– एक लिटर तातो पानीमा एउटा कागती र दुई चम्चा बेकिङ सोडा मिसाएर राम्रोसँग घोलिएपछि भान्साको सिंकमा खनाउन सकिन्छ । यसो गर्दा साङ्लाहरु फैलन पाउदैन र भएका पनि पाइप बाट बगेर जान्छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार