मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

जिउँदो मानिसलाई चिकित्सकले मृत घोषणा गरेको भन्दै भवानी अस्पतालमा तोडफोड

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ साउन- जिउँदो मानिसलाई चिकित्सकले मृत घोषणा गरेको भन्दै आफन्तजनले आईतबार दिउँसो भवानी अस्पतालमा तोडफोड गरेका छन् ।

- Advertisement -

गाउँलेहरुसहितका आफन्तको आक्रमणबाट अस्पतालका एक चिकित्सक र एक नर्सलाई चोट लागेको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । आक्रोसित गाउँले र आफन्तजनले अस्पतालको इमर्जेन्सी कक्षमा समेत पसेर साइनबोर्ड पनि फ्याँकेर हो हल्ला गर्दै प्रदर्शन गरेका छन् ।

घटनाबारे थाहा पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भए पनि प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो । अस्पताल आक्रमणका संलग्न रहेको आरोपमा प्रहरीले बीरगन्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम गरी चार जना पक्राउ परेका छन् ।
चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।‘

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित बीरगन्ज महानगरपालिका वडा नं. ३० की ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँच पश्चात मृत घोषणा गरेको बताए । अस्पतालले मृत घोषणा गरेपछि अन्तिम संस्कारका लागि लिएर गएका आफन्त दिउँसो १ बजेतिर पुनः लास बोकेर अस्पताल आएकोमा पुनः चेकजाँच गर्दा पनि चिकित्सकले मृत्यु भईसकेको पुष्टि गरेका थिए । मृतक महिलाका आफन्त चिकित्सकको प्रस्ट्याई र पुनः चेकजाँचबाट सन्तुष्ट भए पनि अन्य सयौंको संख्यामा आएका मलामीहरुले कुरा नबुझीकन अस्पतालमा आक्रमण गरेको निर्देशक श्रेष्ठले बताए ।

‘अस्पताल ल्याएलगत्तै चिकित्सकले चेकजाँच पछि रमितालाई मृत घोषित गरेका थिए । परिवारका सदस्यहरुले शंका लागेर पुनः ल्याउनुभएछ । ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’

प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।
दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -