मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

सुख्खा बन्दरगाह भन्सार कार्यालयका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जामा ढिलाई

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ साउन- बीरगन्ज महानगरपालिका वडा नं. २५ स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाउँदा स्थानीय आक्रोशित भएका छन् । नेपाल सरकारको २०७३ पुस १७ को अर्थमन्त्री स्तरीय निर्णय अनुसार ६२ बिगाहा जमिन अधिग्रहण गर्ने निर्णय भएको थियो । सोही बमोजिम विगतमा प्रारम्भिक अधिकृत तोकेर प्रतिवेदन तयार गरिएको र उक्त प्रतिवेदनको आधारमा २०७६ मंसिर १७ गते अधिग्रहण गरिने जग्गाको मुआब्जा रकम निर्धारण भएको थियो ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी संयोजक रहको जग्गा मूल्यांकन निर्धारण समितिले ड्राईपोर्ट प्रवेशद्वारदेखि पदम रोडसम्म जोडिएका जग्गा प्रतिकट्ठा, ६५ लाख ६० हजार, गाउँ ब्लक जाने सडक संगैका जग्गा, पीच सडक ६७ लाख ७० हजार, कच्ची ग्राभेल सडक ६४ लाख ८० हजार, एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सँग जोडिएको पूर्वतर्फको जग्गा ६७ लाख ७० हजार, पदम रोडसँग जोडिएको दक्षिणतर्फको जग्गा ६५ लाख ६० हजार प्रतिकठ्ठा मूल्यांकन गरिएको छ ।

त्यस्तै, गाउँ ब्लक जाने बाटोको शाखा सडक जोडिएको जग्गा ५५ लाख ६० हजार, पदम रोडबाट आईसीपी जाने सडकसँग जोडिएका जग्गा ५८ लाख ६० हजार, चण्डाल चोकदेखि आइसीपीसम्म जाने नहर सडकसँग जोडिएको जग्गा ४२ लाख, आईसीपीबाट ड्राईपोर्ट पश्चिम पर्खालसँग जोड्ने सडकसँग जोडिएका जग्गाको ४६ लाख प्रतिकठ्ठा मुआब्जा दिने निर्णय भएको छ ।

त्यसैगरी, आईसीपीको उत्तर पर्खालसँग जोडिएका जग्गाहरुको ४२ लाख, आईसीपीको पूर्व दक्षिण नहर बाटाले जोडिएको सडक ४० लाख ६० हजार गाउँ ब्लक पूर्वको नहर बाटोसँग जोडिएका जग्गाको २८ लाख प्रतिकठ्ठा, गाउँ ब्लक पश्चिम बाटोले नजोडिएको जग्गाहरु ३६ लाख प्रतिकठ्ठा र गाउँ ब्लक पूर्व बाटोले नजोडिएको जग्गाहरु २४ लाख ६० हजार कायम गरी मुआब्जाको सिफारिस गरेको छ ।

उपसमितिको सिफारिस अनुसार नै वर्गीकरण अनुसारका जग्गामा मुआब्जा वितरण गर्दा ५ धुरसम्म मात्र जग्गा भएका र उक्त जग्गामा घर बनेको र अन्यत्र कही कतै घरजग्गा नभई पूर्ण रुपमा विस्थापित हुनुपर्ने भएमा निधारित मुआब्जा रकमको १५ प्रतिशत थप गर्ने सिफारिस गरिएको छ ।

तर सुख्खा बन्दरगाह र भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको ६२ बिगाहा जमिनको पूर्ण मुआब्जा हालसम्म दिइएको छैन । केही जग्गाधनीले मुआब्जा पाए पनि अधिकांशको मुआब्जामा ढिलाई हुँदा जग्गाधनी स्थानीय आक्रोसित हुनुका साथै निराश पनि भएका छन् । अधिग्रहण गरिएको ६२ बिगाहामध्ये लगभग २० बिगाहा जमिनको मुआब्जा सरकारले दिईसकेको छ । २० बिगाहा जग्गाका ५२ जना जग्गाधनीले तोकिएको मुआब्जा अनुसारको रकम ढिलै भए पनि पाए । तर बाँकी लगभग ४२ बिगाहा जग्गाको मुआब्जा वितरणमा थप ढिलाई भएको छ ।

अधिग्रहण गरिएका ३९९ जना जग्गाधनीमध्ये मुआब्जा पाउन बाँकी रहेका ३४७ जना जग्गाधनीले मुआब्जा हालसम्म पनि पाएका छैनन् । नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले २० बिगाहा जमिनको लगभग डेढ अर्ब मुआब्जा पहिलो चरणमा गत साल फागुन महिनादेखि तीन महिना लगाएर बैशाखसम्म बाँडेको थियो । तर नेपाल सरकारले थप ४२ बिगाहा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि थप रकम निकासा नगर्दा मुआब्जा वितरण कार्य अन्यौलमा परेको छ ।

जग्गा अधिग्रहणका लागि सरकारले मुआब्जामा थप ढिलाई गर्न नहुने सिर्सिया स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. लाल बहादुर खत्रीले बताए । उनले भने, “जति छिटो मुआब्जा वितरण हुन्छ, त्यति नै राज्यलाई पनि आर्थिक भार कम हुने हो । ” उनी भन्छन्, “पहिलो लटमा नेपाल सरकारले केन्द्रबाट पठाएको जति मुआब्जा बाँड्यौं, अहिले थपलाई बाँड्न पैसा सक्कियो, मुआब्जा बाँड्नका लागि थप रकम पठाउन दिनहुँ पहल गरिरहेका छौं तर केन्द्रले रकम पठाएको छैन ।” रकम चाडैं पठाउने निरन्तर दिइरहेको उनको दाबी छ ।

जग्गा मूल्यांकन निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले थप मुआब्जा वितरणका लागि आवश्यक थप दुई अर्ब रुपैंयाको माग गरे पनि हालसम्म केन्द्रबाट कुनै प्रतिक्रिया नआएको बताए । उनले केन्द्रबाट थप रकम निकासा हुने बित्तिकै मुआब्जा वितरणलाई निरन्तरता दिईने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -