काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
सोही अवधिमा थप नौ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५८ हजार एक सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यही अवधिमा नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ९८ पुगेको छ ।