मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

चितवन : कोरोना संक्रमणले उग्र रूप लिदै , आज एकैदिन २२९ जना संक्रमित थपिए,२ काे मृत्यु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवनमा आज एकैदिन २२९ जना कोरोना संक्रमित थपिएका छन् ।

- Advertisement -

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यो तथ्यांक विगत दुई महिनाको दैनिक थपिने संक्रमितको संख्या मध्ये सर्वाधिक धेरै हो । प्राय गरेर दैनिक संक्रमण दर २०० को हाराहारीमा नै हुने गर्दथ्यो ।

थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १४३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३९ जना, राप्ती नगरपालिकामा १२ जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।

त्यसैगरी चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

स्वास्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा चितवनका एक जना र पुरानो मेडिकल कलेजमा बाराका एक जनाको मृत्यु भएको हो ।

चितवनमा दैनिक कोरोना संक्रमण दर २०० ले बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको छ । विभिन्न अस्पतालमा २१२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।

जसमध्ये आईसीयूमा ८० जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ८४ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -