शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

टाउको दुखेर हैरान हुनुभएको छ ? तुरुन्त आराम पाउन यी ६ उपाय अपनाउनुहोस्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

टाउको दुखाईबाट धेरै जना पीडित हुने गर्छन् । चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुखाई हुने गर्छ ।

- Advertisement -

जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ । टाउको शरीरको संवेदनशील अंग हो । त्यसैले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् ।

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्छन् । सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ । त्यसैले टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केहि क्षणमा नै राहत प्रदान गर्छ ।

- Advertisement -

तेलले मसाज गर्नुस् यदि तपाईलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ ।

कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ ।

पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टाउको दुखाईको लागि राम्रो औषधिको रुपमा लिइन्छ ।

गाईको दूध टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् तपाईंको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ ।

त्यस्तै, ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दुखाई तुरुन्तै कम हुन्छ ।पानी हल्का टाउको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ । आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ।

धनियाँ र चिनी ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

कफि कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ । यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रोगका विरामीको लागि फाइदाजनक मानिन्छ ।

अदुवाको चिया अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउँन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउन सहयोग गर्छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार