शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

प्रदेश २ : प्रदेशसभा सचिवालयका निमित्त सचिवकाे तलब रोक्का

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

संघीय संसद् सचिवालयबाट बरबुझारथ र रमाना नलिइ प्रदेश नम्बर २ प्रदेशसभा सचिवालयमा कार्यरत निमित्त सचिव रञ्जितकुमार यादवको तलब रोक्का गरिएको छ ।

- Advertisement -

संघीय संसद सचिवालयले सचिव यादवलाई सचिवालयको नगद तथा जिन्सी सामान बरबुझारथ गर्न बारम्बार ताकेता गरे पनि उनले त्यसका लागि चासो नदेखाएका कारण तलब रोक्काका लागि प्रदेश २ प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले उनको तलब रोक्का गरेको हो ।

यादव संघीय संसद्मा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश–२ मा ०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । सचिवालयको केही थान सामग्री बरबुझारथ नगरी, रमाना पत्र नै नलिई प्रदेश २ को प्रदेशसभामा आएर सभामुख सरोजकुमार यादवको ईशारामा काम गर्दै आएका छन् ।

- Advertisement -

उनले भने, ‘उहाँले संघीय संसद् सचिवालयबाट बुझ्नुभएको पेश्की रकम, सवारी साधनसहित अन्य जिन्सीका सामग्री बरबुझारथ नै नगरी प्रदेशसभामा काम गरिरहनुभएको थियो ।  वहाँले सचिवालयबाट लिनु भएको पेश्की वापतको ५४ हजार ३ सय रुपैयाँ नगद, वहाँले बुझेका मोटरसाइकल, ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू संघीय संसद सचिवालयमा हालसम्म बुझाउनु भएको छैन ।’

ती सामग्री तथा पेश्की रकम बुझाउन मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेर गरेको कारण गोरखापत्र दैनिक पत्रिकामा निमित्त सचिव यादवको नाममा संघीय संसद सचिवालयले एक सूचनासमेत प्रकाशित गराएको थियो ।

संसदीय सचिवालयको सामग्रीहरु बुझाउन अटेर गरेकै कारण ०७७ फागुन २९ गते गोरखापत्रमा बरबुझारथ गर्नका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले बताए । ‘तर पनि उहाँले कुनै चासो नलिएपछि २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर उहाँको तलब रोक्का गर्न भनेका थियौं ।’

संघीय संसद् सचिवालयले लेखेको पत्र अनुसार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बोधार्थ ०७८ साउन २० गते संघीय संसद सचिवालयलाई समेत पठाएपछि साउन २० गतेदेखि उनको तलब रोक्का गरिएको छ ।

प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ । पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पत्रमा पनि उल्लेख छ ।

वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छ्योट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो । यता, यादवले भने सुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताए ।

निमित्त सचिव रञ्जित कुमार यादवलाई प्रदेशसभाको सचिवालयमा राख्नकै लागि सभामुख सरोजकुमार यादवले प्रदेशसभा संचालन सम्बन्धी विधेयकसमेत अघि बढाउन चाहेका छैनन् । निमित्त सचिव यादव सभामुख यादवका निकट मानिन्छन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले यति लामो समयसम्म प्रदेशसभा आफै ऐन कानुनविना सञ्चालन हुनु गलत रहेको बताए । प्रदेशसभा संचालन विधेयक ०७५ भदौ १८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ । सो विधेयक पारित नहुँदा प्रदेशसभाले सचिवस्तरको कर्मचारी पाउन सकेको छैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार