शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

आज पनि अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार जारी रहने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका नेपाली फर्कने क्रम आज पनि जारी रहने भएको छ ।

- Advertisement -

आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये थप केही आज स्वदेश फर्कने बताइएको छ ।

शुक्रबार साँझसम्म ४ सय ७० जना स्वदेश फर्किएका छन् । काबुल छाडिसकेका करिब एक हजार जना नेपालीमध्ये ५ सय ३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा छन् ।

- Advertisement -

आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

शुक्रबार साँझसम्म ३ सय १० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त विवरण तथा परराष्ट्रकै ‘सिचुएसन रुम’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरेर सूची तयार गरिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार