मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

शनिबार सार्वजनिक हुँदै थारु गीत ‘चोटी वाली छौरी’, नयाँ भूमिकामा देखिए युवराज !

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १४ भदौ । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक हुनका लागि तयार भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो यहि शनिबार सार्वजनिक हुन लागेको हो ।

- Advertisement -

यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर पोष्ट गर्दै निर्माताले फस्र्ट लुक सार्वजनिक भएको थियो । पोस्टरमा बिरु चौधरी र लिजा कोशल चौधरी फिचरिंग छन् । रिक्शामा सवार उनीहरुको पोजलाई सामाजिक सञ्जालमा दर्शकहरुले मन पराएका छन् ।

थारु आईटम गीत भनिएको यस गीतलाई प्रमोद चौधरीले शब्द दिएका छन् भने गीतलाई गणेश चौधरी र भानुले संगीतबद्ध गरेका छन् । गीतमा भानु थारु र सोनु कुश्मीको स्वर छ भने गीतमा हालिएको र्यापलाई राज कुश्मीले गाएका छन् । यस गीतको भिडियोलाई सावन शर्माले निर्देशन गरेका छन् भने क्यामेरा विकास गुरुङ्गले सम्हालेका छन् ।

भिडियोको प्रोडक्शन डिजाईनरको भूमिकामा युवराज केशरी देखिएका छन् । यसअघि नेपाली कथानक चलचित्र तथा दर्जनभन्दा बढी म्युजिक भिडियोमा देखा परेका उनी यस भिडियोमा पर्दा पछाडीका नायक बनेका छन् । उनले भिडियो छायांकन गरिएको सेट डिजाईन गरेका छन् । यस क्षेत्रमा लामो समयसम्मको अनुभव बटुलेका उनी बेलाबेलामा निर्देशकको भूमिकमा पनि देखिने गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -