मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

शेयर बजार ओरालो लागेपछि गभर्नरमाथि अर्थमन्त्री र लगानीकर्ताको तथानाम

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२१ भदाै । शेयर बजार परिसूचक नेप्सेमा गिरावट आउन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले विशेष चासो व्यक्त गरेका छन् । सोमबार उनले गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजारलाई प्रभाव पार्ने नीति शेयर बजारलाई प्रभाव पार्ने नीति नबनाउन निर्देशन दिएका हुन् ।

- Advertisement -

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो ।

अर्थमन्त्रीले आफूलाई थाहा नदिइकन गभर्नरले मार्जिन प्रकृतिको कर्जामा एकलौटी गरेको भन्दै उनीप्रति चर्को असन्तुष्टि व्यक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ । शेयर बजार राताम्मे भएपछि हिजो लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजीनामासमेत माग गरेका थिए ।

अर्थमन्त्री शर्माले निर्देशन दिएपछि आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -