मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपाललाई सातौँ सफलता, सन्दीपले लिए तीन विकेट

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२२ भदाै । पपुवा न्यूगिनीसँग दुई एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत जारी पहिलो खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।

- Advertisement -

जारी खेलमा खेलमा सन्दीप लामिछानेले तीन, विक्रम शोवले दुई तथा कुशल मल्लले पनि दुई विकेट लिइसकेका छन् । २५ ओभरको खेल सकिँदा पपुवा न्यूगिनीले सात विकेट गुमाएर मात्र १०३ रन जोडेको छ ।

एकदिवसीय खेलमा डेब्यू गरेका नेपाली टिमका तीव्र गतिका बलर विक्रम शोवले पहिलो बलमै विकेट लिएका थिए । शोवले दोस्रो ‌ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका थिए । दोस्रो ओभर फाल्न चौथो ओभरमा आएका विक्रमले व्यक्तिगत दोस्रो विकेट लिए ।

उनले पपुवा न्यूगिनीका कप्तान आसाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । ओमानको अमेरात मैदानमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको हो । नेपालले १९ महिनापछि एक दिवसीय क्रिकेट खेलेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -