सोमवार, अशोज ४, २०७८

23.1 C
Kathmandu
27.8 C
Birgunj

सी ५ भाचिएको विरामीको बीरगन्जको सूर्या हस्पिटलमा सफल अप्रेसन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ भदौ – बीरगन्जको सूर्या हस्पिटलका चिकित्सहरुको टिमले अति जटिल प्रकृतिको अप्रेशन गरेका छन् । अस्पतालको चिकित्सक टोलीले घाटीको भित्रीभागमा रहेको सर्भाइकल ५ भाचेको हड्डीको सफलता पूर्वक अप्रेशन गरेका छन् । सी ५ भाचेर व्लड जमेको तथा अचेत अवस्थामा भर्ना भएका विरामीलाई न्युरो सर्जन डा.रंजित चौरसिया तथा एनेथेसिया चिकित्सक कुमार दिग्मभरको टोलीले सफल अप्रेसन गरेका छन् । त्यसै गरी सो बिरामीको तिघ्राकाे  भाचेको हड्डीको अप्रेसन हाडजोर्नी विशेषज्ञ डा. सरोज सिंहको टोलीले  गरेका थिए ।

- Advertisement -

रौतहटको दुर्गाभवानी गाउँपालिका वडा नं. ५ निवासी लालबाबु सहनी निर्माणाधिन भवनमा काम गरी रहेको अवस्थामा १६ माथीबाट बिधुतको तारमा खसी जमिनमा झरेका थिए । उनीको शरिरमा करेन्ट प्रवाह भएको तथा घाटीको सी ५ भाचिएको थियो भने दायाँ तिघ्राको हड्डी पनि भाचिएको थियो ।

५ भन्दा बढी हस्पिटलले रेफर गरे पछि सहनीलाई बीरगन्जको छपकैयामा रहेको सूर्या हस्पिटलमा भर्ना गरिएको थियो । १२ गते भर्ना भएका सहनीको घाटीमा भाचिएको कड झिकी व्रेन फ्री गरी टाइटानियम केजको प्लेट तथा स्क्रू प्रयोग गरी अप्रेशन गरिएको डा. रंजित चौरसियाले वताए । सहनीका भाई लक्ष्मण सहनीले दाईको नयाँ जिवन डा. रंजित चौरसिया र सूर्या हस्पिटलका चिकित्सक टिमले दिएको वताए । अप्रेसन पछि शनिवार डिस्चार्ज भएका सहनीका परिवारले चिकित्सहरुलाई धन्यवाद दिएका थिए ।

अति नै जोखिम मानिएको यस्तो खाले अप्रेसन बीरगन्जमा विरलै हुने गरेका सूर्या अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत सचितानन्द सिंहले वताउनुभयो । सिंहका अनुसार विरामी भर्ना हुँदा जिरो पाउर रहेकोमा अप्रेसन पछि मात्र जीवमा पावर आएको थियो । शरिरमा करेन्ट प्रवाह तथा सी ५ बाचेका कारण पुरा शरिरको पावर गुमेको डा. चौरसिायाले वताए ।
तर अहिले उनी हात खुट्टा हल्लाउने अवस्थामा रहेको तथा विस्तारै शरिरका अन्य भागहरु चलायामन हुने अवस्था आउँन सक्ने सम्भावना रहेको डा. चौरसियाले वताए ।

उनले अवस्था जटिल रहेको भए पनि हाम्रो टिमले विरामीको ज्यान बचाउँन रिक्स लिएको वताए । यस्ता विरामीहरुको हकमा अप्रेसनमा ढिलाई भए ज्यान जाने सम्भवना वढी हुने भएको कारण अप्रेसनमा ढिलाइ नगरिएको उनले वताए । यस्ता जटिल प्रकृतिका अप्रेसनहरु अब बीरगन्जमै सम्भव रहेको वताउँदै डा. चौरसियाले वाटोमै ज्यान गुमाउँनु पर्ने अवस्थाबाट अब बीरगन्जका बिरामीहरु मुक्त हुने दावी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -