मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
18.1 C
Kathmandu
27.3 C
Birgunj

तालिवानको बिरोध गर्ने चार जनाको तालिबानद्वारा गाेलीहानी हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,२७ भदौ – अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

- Advertisement -

प्रदर्शनकारीमाथि भएको आक्रमण र दमन रोक्न राष्ट्रसंघले अफगान सरकारसमक्ष माग गरेको छ । अधिकार माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका व्यक्ति र उनीहरुको समाचार लेख्ने सञ्चारकर्मीमाथि गरिएको दमन र पक्राउ तत्काल रोक्न आह्वान गछौं,’ राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चआयुक्तका प्रवत्ताले एक विज्ञप्तिमा भनेकी छिन् ।

अफगानिस्तानका विभिन्न प्रान्त नियन्त्रणमा लिएका तालिवानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेका थिए । लगत्तै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सेना स्वदेश फर्काउन थालेको थियो । दुई सातामा एक लाख बीस हजार जनाले काबुल छोडेका थिए ।

- Advertisement -

यसैबीच, राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशतमा पर्याप्त खानाको अभाव भएको जनाएको छ । अफगानिस्तानको सम्पूर्ण जनसंख्या गरिबीमा धकेलिन सक्ने वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार