शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

सर्वोच्चले भन्याे : एकीकृत समाजवादी पार्टी राेजेका दुई सांसदलाई कारवाही नगर्नु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२७ भदाै । नेकपा एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भनेर रिट पेश गरेका दुई सांसदहरूमाथि कुनै कारबाही नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

- Advertisement -

प्रतिनिधिसभाकाका एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्टको रिटमा सर्वोच्‍चले अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश मीरा खड्काको एकल इजलासले दुवै पक्षसँग छलफल आवश्यक भएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नू।’

- Advertisement -

दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले भदौ २९ गते अन्तरिम आदेशको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरूलाई सूचना दिनु निर्देशन दिएको छ। अदालतको विचाराधीन मुद्दामा एमालेबाट हुनसक्ने कारबाही नगर्नसमेत आदेश दिएको छ।

‘सो मितिसम्म निवेदकहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै कामकारबाही नगर्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। उक्त पेसीका दिन प्रस्तुत विवादसँग तत् निर्णय तथा सम्पूर्ण कागजातसहितको सक्कल फायल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई नियमानुसार पेश गर्नू’ आदेशमा भनिएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार