मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नयाँ बजेटपछि सेयर बजारमा हरियाली

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२७ भदाै । सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएपछि सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९ सय ४७ अंकमा पुगेको छ।

- Advertisement -

आइतबार सुरुवातबाटै उकालो लागेको बजारमा २ सय ३१ कम्पनीको सेयर ९ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ। बजार बृद्धिसँगै १० कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। १० कम्पनीमध्ये सात वटा जलविद्युत कम्पनी छन्। बाँकी तीनवटा सानिमा लाइफ, फर्स्ट माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन्।

आइतबार सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको सेयर मूल्य बढेको छ। निर्जीवन बीमा कम्पनी ४ सय २४ अंकले बढेको छ भने उत्पादनमूलकको करिव ३ सय अंकले बढेको छ। बाणिज्य बैंक समूह पनि २४ अंकले बढेको छ। जलविद्युत समूह २ सय १३ अंकले बढेको छ।

आज अरुण भ्यालीको सर्वाधिक ७३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि युनाइटेड मोदी हाइड्रोको ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -