मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेलाई छैन मतलब

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२८ भदाै । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

- Advertisement -

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेका छन् ।

एमालेले लगातार रुपमा प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएपछि त्यसको समाधान खोज्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

आजको सर्वदलीय बैठकमा नेकपा एमाले भने सहभागी भएको छैन । एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरु उपस्थिति हुने भएको भन्दै उपस्थिति नहुने बताएको थिए ।

एमालेले बैठकमा सहभागी नहुने भएपनि बैठक नरोकिने सभामुखको सचिवालयले प्रष्ट पारेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -