मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

ओलीसँगको लफडापछि एमाले छाड्ने रणनीतिमा भीम रावल

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२८ भदाै । पदका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि रहेपछि उपाध्यक्ष भीम रावलले एमाले छाड्ने तयारी गरेका छन् ।

- Advertisement -

हिजो आइतबार एमाले अध्यक्ष ओली निवासमा भएको लफडापछि रावलले एमाले छाड्ने तयारी गरेका हुन् ।

नेकपा एकताअघि (२०७५ साल जेठ २)को अवस्थामा पार्टीलाई फर्काउने सहमतिपछि केपी शर्मा ओली नेतृत्वकै एमालेमा रहेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १० मध्यमार्गी नेताहरूलाई ओलीले निराश तुल्याइदिएका छन् ।

गत असार २७ गते बसेको तत्कालीन १० सदस्यीय कार्यदलको बैठकले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउने सहमति गरेको थियो । तर ओलीले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेका हुन् । ओली र भीम रावलबीचको सम्बन्ध आजकल चिसो हुँदै गएको उनीनिकट नेताहरुले बताउंदै आएका छन् ।

एमाले विभाजन नहुँदा भीम रावल ओलीविरुद्ध खरो रुपमा उत्रेका थिए । तर एमाले विभाजनपछि भने उनी एमाले एकता भन्दै ओलीको पक्षमा लागेका थिए । उनी मात्रै होइनन् एमाले विभाजनको बेलामा ओलीको विरोधमा लागेका अन्य थुप्रै नेताहरुले ओलीको साथ छाडेनन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -