मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपाल भर्सेस अमेरिका: टस हारेर फिल्डिङमा नेपाल

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२८ भदाै । ओमानमा आजबाट सुरू आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग खेल्दैछ।

- Advertisement -

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै उतारिने भएको छ।

लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो। अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै समेटेको थियो । उक्त खेल नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर जितेको थियो। अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै समेटियो ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -