मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

१६ वर्षीया बालिका बनिन् गाउँपालिका अध्यक्ष

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,२९ भदाै ।लमोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार)एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ ।

- Advertisement -

५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो । आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन् ।

स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए ।

उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउन एवं राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउन गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको सरकारले उठान, व्यवस्थापन एवं सम्बोधन गर्ने बालबालिकाका विषय र स्थानीय तह तथा नेतृत्वका सवालमा बालबालिकाको बुझाईलाई यस कार्यक्रमले प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -