मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

राष्ट्रिय सहमति कायम गरी एमसिसी अनुमोदन गरौँ : बाबुराम भट्टराई

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ भदाै । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । सोमबार गृहजिल्ला पुगेर उनले राष्ट्रिय सहमति कायम गरी एमसिसी अनुमोदन गर्न उपयुक्त हुने बताएका हुन् ।

- Advertisement -

पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसिसीका विषयमा जनस्तरसम्म भ्रम सिर्जना भएको र एमसिसी परियोजना फिर्ता जाने खतरा रहेको बताए ।एमसिसी उपाध्यक्ष फातिमा सुमारले यसबारे छिटो निर्णय नगरे फिर्ता गर्न बाध्य हुने आशय प्रकट गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय हितका लागि भारत, चीन र अमेरिका तीनवटै शक्तिराष्ट्रका अनुदान लिने नीति नै उपयुक्त हुने बताए । दलभित्रको गुटगत राजनीतिका लागि राष्ट्रियताको प्रश्नलाई गिजोल्न नहुने उनको भनाइ थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -