शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

देउवा सरकारको २ महिना पुरा, कहिले पाउँला त मन्त्रिपरिषदको पूर्णता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२९ भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ।

- Advertisement -

संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। आफू नियुक्त भएकै दिन आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबाट देउवाले दुई/दुई जना मन्त्री नियुक्त गरेका थिए। कोरोनाको महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली रहेको भन्दै चौतर्फी आलोचना भएपछि साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए।

त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन्। प्रधानमन्त्री देउवाले अहिले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश निस्कृय नभइसकेकाले मन्त्रिपरिषद विस्तारमा समस्या भएको हो। अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने प्रावधान छ। त्यसो हुँदा मन्त्री बन्न नपाए ४ जना सांसदले पार्टी फुटाउन सक्ने जोखिम छ।

- Advertisement -

सत्तारुढ नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसके पनि अदालतमा मुद्दा परेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा मन्त्रालयका नियमित काम कारबाही प्रभावित बन्दै आएका छन्।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार