शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
29.1 C
Kathmandu
41 C
Birgunj

एमाले सांसद पाण्डे र भट्टलाई एमाले छाडेर नेकपा एसमा आउन बाटो खुला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२९ भदाै । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् ।

- Advertisement -

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले पाण्डे र भट्टको माग बमोजिम अन्तरिम आदेश दिएको छ । पाण्डे र भट्टले आफूले नेकपा (एस) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले नेकपा (एस)लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ ।

- Advertisement -

सर्वोच्चले पाण्डे र भट्टमार्थि एमालेले कुनै कारबाही गर्न नपाउनेसमेत अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा राष्ट्रियसभामा एमालेको एक–एक सिट घटेको छ भने नेकपा (एस)मा बढेको छ ।

अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ । नेकपा एसको भने प्रतिनिधिसभामा २३ सिट र राष्ट्रियसभामा ७ सिट पुगेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार