मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न : यादव

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिन्धुली,२९ भदाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । अध्यादेश खारेज नहुँदा दलहरुलाई अस्थिर बनाउने यादवको भनाइ छ ।

- Advertisement -

सिन्धुलीमाडीमा मंगलबार संचारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष यादवले अध्यादेशलाई खारेज गरेर मन्त्रिपरिषद् विस्तार गर्नेतर्फ सत्ता गठबन्धन दलहरु लागेको बताए । उनले भने, ‘तत्काल केही गर्नु परेको आधारमा अध्यादेश ल्याइएकाले खारेज नहुँदा दलहरु टुक्रिने सम्भावना रही लोकतन्त्रलाई नै खतरा उत्पन हुनसक्छ ।’

यादवले सत्ता साझेदार दलहरु बीच कुन–कुन मन्त्रालय, कुन दलले पाउने र मन्त्री पठाउने भन्ने कुरा तय हुन बाँकी रहेको बताए । मन्त्रालय नै तय नभइकन मन्त्रीको नाम पठाउने कुरा नआउने उनको भनाइ थियो ।

जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान कार्यक्रममा अध्यक्ष यादवसहित बाबुराम भट्टराईको पनि उपस्थिती रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -