मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मध्यपहाडी लोकमार्गकाे सम्झौता...

गलकोट,०४ वैशाख । मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड...

संविधान कार्यान्वयनमा राजनीति दलकाे...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी...

बारा प्रहरीद्धारा भन्सार छलीका...

बीरगन्ज,०४ वैशाख । बारा प्रहरीले ६५ हजार मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको...

नेपाल–चीनबीचको परम्परागत ७...

काठमाडौँ,०४ वैशाख । नेपालको उत्तरी सिमाना जोडिएको छिमेकी मुलुक चीनले नेपाल र चीनबीचको...
28.1 C
Kathmandu
41.9 C
Birgunj

सानो पाइलाले सुरु गर्यो ‘सचेत’ अभियान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ भदौ । सुरक्षित स्पर्श र असुरक्षित स्पर्श विषयक सचेत नामक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजनामा बीरगन्ज २८, बगही स्थित महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुरक्षित र असुरक्षित स्पर्श बीचको भिन्नता र मानव जीवनमा यसले पार्न सक्ने प्रभावका विषयमा सहभागिहरुलाई सचेत गराइएको थियो ।

- Advertisement -

विभिन्न माध्यमबाट हुने यौनजन्य हिंसाका घटनाहरु बढ्दै गईरहेका कारण यसको पहिचान र यसबाट जोगिने उपायहरुका बारे विद्यार्थीहरुलाई जानकारी गराइएको जनाइएको छ । त्यस्तै किशोरावस्थामा आईपर्ने समस्याहरु, किशोरावस्था बारे जान्ने पर्ने कुराहरुका बारे पनि सहभागि विद्यार्थीहरुलाई जानकारी गराइएको संस्थाकी स्विटी चौरसियाले जानकारी गराईन् । उनका अनुसार किशोरावस्थामा आउन परिवर्तनका बारे जानकारी नहुँदा विद्यार्थीहरुलाई विभिन्न प्रकारका समस्याहरुको सामना गर्नु परिरहेको छ । वर्तमान पाठ्यक्रममा सुरक्षित स्पर्श र असुरक्षित स्पर्शका बारे यथेष्ट ज्ञान नहुँदा पनि विद्यार्थीहरु अनाहकमा यौनजन्य हिंसाको सिकार भईरहेको उनको भनाई छ ।

मंगलबार विद्यालयमै परिसरमा सम्पन्न कार्यक्रममा करिब ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई संस्थाकी चौरसियाले प्रशिक्षण दिएकी थिईन् । बाल दिवसको अवसर पारेर संस्थाले सुरु गरेको सचेत कार्यक्रम ५२ सातामा ५२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार