मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...

१४ दशमलव ८१ अंकले...

काठमाडौं,०४ वैशाख । नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता...

राजनीतिक दलमा आबद्ध शिक्षकलाई...

काठमाडौँ,०४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा...
28.1 C
Kathmandu
41.9 C
Birgunj

दल विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२९ भदाै । प्रदेश नं २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै निश्चित छैन ।

- Advertisement -

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो । सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए । “दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

- Advertisement -

यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिविहीन छन् । सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिविहीन छन् । अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । यसअघि पाँच दल थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ दलका रुपमा अस्तित्वमा आएका छन् ।

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् ।

प्रदेशसभामा जसपाका ३९, नेपाली काँग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा (माओवादी केन्द्र) का ८, एमालेका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन् । एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार