मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

बीरगन्ज : ७ दिनमा ८ माेटरसाइकल चाेरी !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २ असोज । पर्साको बीरगन्ज महानगरपालिका वडा १५ लक्ष्मणवामा एक हप्तामा ८ वटा मोटरसाइकल चोरी भएको छ । प्रहरीको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै चोरहरु घना बस्तीबाट पार्किङ्ग गरी राखेको ८ वटा माेटरसाइकल चाेरी भएकाे हाे ।

- Advertisement -

भदौको अन्तिम हप्ता चोरहरुले पत्रकार संतोष साहको घर भित्र राखेको मोटरसाइकल चोरी गरेका थिए । घर भित्र राखेको साहको ना ४८ प ४९९५ नम्बरको सेतो रंगको बुलेट मोटर साइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकल प्रहरीले हाल सम्म फेला पार्न सकेकाे छैन ।

प्रहरीहरुले राती गस्ती गर्न कम गरेको कारण चोरहरु पछिल्लो समयमा घर भित्र राखेको मोटरसाइकल पनि चोरी गर्न थालेको लक्षुमनवा वासीको भनाई छ । आर्थिक बर्ष २०७७/०७८ मा पर्सा १ सय २९ वटा मोटरसाइकल चोरी भएको पर्सा प्रहरीको तथ्याङ्कले देखाएको छ । जुन आर्थिक बर्ष २०७६/०७७ भन्दै झण्डै दोब्बर हो । त्यसलाई पनि उछिन्दै चोरहरुले चालु आर्थिक वर्षको दुई महिनामा मात्र ३१ वटा भन्दा बढि मोटरसाइकल चोरी गरेका छन् ।

- Advertisement -

दिनहुँ मोटर साइकल चोरीको घटना बढी रहेको भए पनि पर्सा प्रहरी उनीहरुको सञ्जाल तोड्न असफल रहदै आएको छ । रातीको समयमा प्रहरीको चेकिङ्क नहुनु,बाटो तथा चौकहरुमा लगाइएको सिसिटिभिहरु संचालनमा रहुनु तथा भित्री बाटोहरुमा रहेको विद्युत पोलहरुको लाइट पनि मर्मत नहुनु आदीका कारण चोरहरु रातीको समयमा पनि मोटर साइकल चोरी गर्न पल्केका छन् ।

प्रहरीले सो क्षेत्रमा छिटै नै गस्तीहरु बढाउनु पर्ने स्थानिय अगुवाहरुको राय छ ।

माेटरसाइकल फेला पार्न पटकपटक असफल बनिरहेकाे प्रहरीबाट स्थानियहरूकाे विश्वास उठ्न थालेकाे अवस्था छ ।

बीरगन्जस्थित लक्ष्मणवा निवासी मुकेश (नाम परिवर्तित)का अनुसार चाेरीकाे घटना प्रहरीमा रिपाेर्ट गर्नुभन्दा चाेरहरूलाइ सम्पर्क गर्नु बेस हाे ।

“मैले अाफ्नै माेटरसाइल फेला पार्न प्रहरीमा उजुरी दिएकाे थिए, ३ दिनसम्म केही पत्ता लागेन”, मुकेश भन्छन्, “चाेरहरूलाइ सम्पर्क गर्दै जाँदा केही पैसा लिएर ४ दिन पछाडी डम्पिंग साइट नेर माेटरसाइल ल्याइदिएका थिए ।”

स्राेतका अनुसार माेटरसाइकल चाेरहरूले चाेरी पछि सीमा पार लैजान सेटिंग नहुँदा सम्म सीमा वरिपरीकै गाउँहरूमा राख्ने गर्छन् । त्यस पछि प्रहरीसँग साँठगाँठ मिलेपछि बल्लबल्ल चाेरीकाे माेटरसाइकल सीमा पारी लैजाने गरिएकाे बुझिएकाे छ ।

कहाँ जान्छन् त चाेरी भएका माेटरसाइकल ?

चाेरी भएका माेटरसाइकल सुरूमा बाराकाे काेल्हबी, निजगढ, तामागढी, पर्साकाे सेढवा, ठाेरीकाे सुवर्णपुरसम्म पुर्याइन्छ । अझ, माेटरसाइकल राम्राे कन्डिशनमा भए त, भारतसम्म पुर्याउने गरिन्छ ।

मधेशका भित्री क्षेत्रमा पुर्याइएका चाेरीका माेटरसाइकलहरू सुरूमा चाेरहरूले माथि उल्लेखित बस्तीमै लुकाउँछन् । त्यसपछि अाफै प्रयाेग गर्छन् । पछि, मधेशबाट चाेरी भएका माेटरसाइकल पार्टपूर्जा परिवर्तन गरि चितवनदेखि काठमाण्डाैँसम्मकाे रिकन्डिशन हाउससम्म चाेरीका माेटरसाइल बेच्नका लागि राखिन्छ ।

किन पक्राउ पर्दैनन् चाेरी भएका माेटरसाइकल ?

प्रहरीकाे नियन्त्रणमा रहेका अधिकांश सिसिटिभी क्यामेराहरू चल्दैनन् । अनुसन्धानका क्रममा पुगेका नेपाल पाेष्ट कर्मी सन्ताेष साहले बारा पर्साकाे सीमा गण्डमा जडान गरिएकाे सिसिटिभी क्यामेरा बन्द भएकाे भेटियाे । प्रहरी अनुसन्धान यस कारण पनि फितलाे बन्छ। जस कारण चाेरी भएका माेटरसाइकल फेला पर्दैनन् ।

यस्तै प्रहरी अधिकारीहरू पनि चाेरहरूबाट माेटाे नजराना असुल्छन् । त्यस कारण पनि चाेरीकाे माेटरसाइकल पत्ता लगाउन प्रहरी सुस्त बन्छ । त्यसैगरि चाेरी भएका माेटरसाइकलहरूकाे बीमा रकम अाइहाल्छ भन्दै प्रहरीले ध्यान दिँदैन ।

बारा पर्सामा चाेरीकाे माेटरसाइकलबाट यसअघि पनि ठुला अपराधिक गतिविधी नभएका पनि हाेइनन् । प्रहरीले माेटरसाइकल चाेरीकाे घटनालाइ सामान्य लिँदै जाने हाे भने यसले पछि ठुलै घटना निम्त्याउने संकेत देखा परेकाे छ ।

 

 

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार