17.1 C
Kathmandu
22.1 C
Birgunj

संविधान दिवसको अवसरमा बीरगन्जबाट २४ जना कैदीबन्दी रिहा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ असाेज । संविधान दिवसको अवसरमा आज बीरगन्ज कारागारमा रहेका २ महिला सहित २४ जना कैदीबन्दिहरुको सजाय मिनाहा भएको छ ।

- Advertisement -

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधान दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय २३जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा बीरगन्ज कारागारका २४ जना कैदीको सजाय मिनाहा भएको बीरगंज कारागारका प्रमुख कृष्ण गैरेले जनकारी दिनु भयाे ।

बीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरुमा कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान मुद्दाका ५ जना, चोरी मुद्दाका ४ जना, ज्यान मास्ने उद्योगका २ जना, डाँका मुद्दाका २ जना, ज्यान मुद्दाका १ जना, बहुविवाहको १ जना, नकवजनी चोरीको २ जना गरी जम्मा २४ जनाको सजाय माफी भई आज जेल मुक्त भएको कारागार प्रमुख गैरेले बताए ।

कैद कट्टी भएर रिहा हुनेहरूलाई कारागारले आज एक कार्यक्रमका बीच पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको बीरगन्ज कारागारका आन्तरिक प्रशासन प्रमुख फिरोज अन्सारीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -