17.1 C
Kathmandu
22.1 C
Birgunj

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ असाेज । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् । शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । अग्रवाल र थापालाई पछि पार्दै ताप्लेजुङका पौडेल कमेडि च्याम्पियन बनेका हुन् ।

- Advertisement -

उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेपछि भरतमणिको लोकप्रियता बढेको थियो । उनको प्रस्तुतीले निकै तारिफसमेत पाएको थियो ।

विक्की र सन्तोषले प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका हुन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्। पहिलो सिजनको कमेडी च्याम्पियन हिमेश पन्तले जितेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -