17.1 C
Kathmandu
22.1 C
Birgunj

हाईड आउट रेष्टुरेन्ट सञ्चालनमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३ असाेज । बीरगन्जमा हाईड आउट रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बीरगन्जकाे मुख्य सडक अलखिया मठ चोकमा ६५ लाखको लागतमा हाईड आउट रेष्टुरेण्ट आईतबारदेखि सञ्चालनमा आएको हो ।

- Advertisement -

ठेलामा भूजा पकौडी खानेहरुको भीड हुने गरेको बीरगन्जमा नयाँ खुलेका रेष्टुरेण्टहरुमा पनि उक्तिकै भीड देखिने गरेपछि पछिल्लो पटक नयाँ रेष्टुरेण्टहरु थपिदै गएका छन् ।

परम्परागत शैलीको मौलिक खाजा भूजा पकौडीको ठेलामा खाजा खाने विशेषता रहेको बीरगन्जमा पछिल्लो समयमा आधुनिक शैलीको रेष्टुरेण्टहरु पनि खुल्न थालेका छन् । समयको मागसँगै युवाहरुमा फेरीदै गएको खाजा खाने शैलीले आधुनिक रेष्टुरेण्टहरु खुल्न थालेका छन् ।

बीरगन्जमा युवा व्यवसायी अमित शर्मा र अमृत लामाले साझेदारीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । आधुनिक शैलीमा आकर्षक सजावटका सात रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको छ ।

आधुनिक जीवनशैली र युवायुवतीहरुमा फेरिदै गएको खाजा खाने शैलीले पनि रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा आपूmहरुलाई आकर्षित गरेको हाईड आउट क्याफेका सञ्चाल अमित शर्माले बताए ।

धेरै रेष्टुरेण्टहरु सञ्चालनमा रहेकाले व्यवसायमा चुनौती भएपनि ग्राहकसँग गरिने व्यवहार र सेवाले पनि आफूहरुको व्यवसायमा सफलता प्राप्त गर्ने विश्वास शर्माले लिनुभएको छ ।

दुईजनाको साझेदारीमा सञ्चालनमा ल्याईएको रेष्टुरेण्टमा अहिले १८ जना कामदार कर्मचारीहरुले रोजगारी पाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -