20.1 C
Kathmandu
24.4 C
Birgunj

विराट कोहलीले बैंग्लोरको कप्तानी छाड्ने

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०४ असाेज । इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।

- Advertisement -

भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले आइतबार यो सिजनको अन्त्यसँगै बैंग्लोरको कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले सन् २०१३ देखि बैंग्लोरको कप्तानी सम्हालिरहेका छन् ।

कोहलीको कप्तानीमा बैंग्लोरले १ सय ३२ खेलमा ६२ जित, ६६ हारको नतिजा निकाल्दा ४ खेल नतिजा बिहीन सकिएको छ ।

कोहलीले गत साता भारतीय टि–२० टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए । उनले युएई र ओमानमा आयोजना हुने टी–२० विश्वकपपछि आफू कप्तान नहुने बताएका छन् ।

कोहलीले तीनै प्रारुपमा भारतीय टिमको कप्तानी सम्हालिरहेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -