20.1 C
Kathmandu
24.4 C
Birgunj

पर्याप्त मल नपाउँदा नेपाली किसान भारतीय बजारमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ असाेज । मल छर्ने मुख्य सिजनमै बारा, पर्सामा युरिया मलको अभाव भएपछि किसान भारतीय बजारमा पुग्न थालेका छन् । पर्याप्त मल नपाउँदा नेपाली किसान भारतीय बजारमा पुग्न थालेका हुन् ।

- Advertisement -

कोरोना महामारीका कारण सीमित क्षेत्रमा मात्र रोपाइँ गरेका यहाँ किसानलाई चरम अभाव हुन थालेको छ । खेतलाई राम्रो बनाउन मल राख्ने समय भएको छ । नेपालमा चाहिए जति नपाएपछि किसान रासायनिक मल खोज्दै हिँडेका छन् ।

पकाहामैनपुर गाउँपालिका निवासी बाबुलाल कानुले नेपालमा सजिलै रासायनिक मलखाद नपाएपछि भारतीय मलको सहारामा खेती गर्नु परेको बताए । उनले भने ‘हामी ४र५ किलोमिटरको दूरी पार गरी एक बोरा मलखाद लिन भारतीय बजार पुग्छौँ । नजिक नै भए पनि बल्ल एक बोरा मल पाउँछौँ, त्यहीँमाथि नेपाल प्रहरीले दुःख दिन्छ ।

सीमा पूर्णरूपमा नखुले पनि यहाँका किसान मलखाद लिन दैनिक सीमावर्ती क्षेत्रका गाउँमा पुग्छन् । भारतीय बजारमा पाइने मलखाद सस्तोमा पाइन्छ । भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर मल सीमावर्ती धोरेमा ल्याइन्छ ।

प्रसौनी गाउँका किसान रामप्रीत प्रजापति भन्छन्, ‘यहाँ मात्र मल बिक्रीवितरण हुँदैन । सीमा नाकामा पर्ने इनरुवा, छपकैया, अलौ, भकुवा, पिरपाती, भिषुवा, जानकीटोला, अमरपटी, धोरे जस्तो गाउँमा बिहानै नेपाली किसान जम्मा हुन्छन् । भारतबाट लुकाएर ल्याइएको मल किन्नेको हानथाप हुन्छ । एकाध बोरा रासायनिक मल साइकल वा मोटरसाइकलमा राखेर हिँड्छन् ।’

स्वदेशमा पर्याप्त मल नपाए पनि धानखेती जोगाउनकै लागि किसान भारतीय मल प्रयोग गर्न बाध्य छन् । न सिँचाइ न मल नै समयमा पाउँछ पकाहामैनपुर गाउँपालिका-१ का किसान रवीन्द्र यादवले गुनासो पोखे, ‘सीमा क्षेत्रबाट यसरी लुकाइछिपाइ मलखाद नल्याउने हो भने त हाम्रो पूरै धान खेती नोक्सान हुन्छ ।’

धान, गहुँ र तरकारी बालीको प्याकेज कार्यक्रमअन्तर्गत पनि मल आपूर्ति हुन नसक्दा भारतीय बजारबाट मलखाद खरिद गरेर लाउँदा नेपाली प्रशासनले दुःख दिने गरेको किसानको गुनासो छ । ‘यस वर्ष मल अभावका कारण धान उत्पादनमा कमी हुने सम्भावना छ ।

धानबालीको लागि पर्सामा १ हजार ३८ मेट्रिक टन कृषि सामग्री कम्पनी तथा १७ हजार मेट्रिक टन साल्ट ट्रेन्डिङ कम्पनीले सम्झौता गरेका छन् । मल उत्पादन कारखाना नेपालमा नहुँदा विदेशीको भर पर्नु परेको छ ।

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -