17.1 C
Kathmandu
22.1 C
Birgunj

किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको जिल्ला स्तरीय एडभाजरी बैठक सम्पन्न ।

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,४ असोज – पर्साको धोबनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको जिल्ला स्तरीय एडभाजरी बैठक सम्पन्न भएको छ । दिव्य युवा क्लबको आयोजनामा तथा युकेएडको सहयोगमा संचालित कार्यक्रम किशोरी सशक्तिकरणका लागि शिक्षा अन्तरगत आर्थिक बर्ष २०७७/०७८ मा भएको क्रियाकलापको बिषयमा छलफल भएको थियो भने आर्थिक बर्ष २०७८/०७९ मा गरिने क्रियाकलापको बिषयमा राय संकलन गरिएको थियो ।

बीरगन्जको होटल भिस्वामा क्लबका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षता एवम् बीरगन्ज महागरपालिकाकी उपमेयर शान्ति कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय एकाई पर्साका प्रमुख फतबहादुर श्रेष्ठ,बीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण,भिसओ नेपालकी श्रीदेवी न्यौपाने,समाजिक अभियन्ता प्रकाश थारु,एनजिओसीसीका रामप्रवेश साह, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,माईती नेपालकी संगिता पोखरेल,गैरसरकारी महासंघ पर्साका अध्यक्ष छठु साह लगयातको सहभागिता रहेको थियो ।

- Advertisement -

कार्यक्रममा स्वागत मन्तव्य दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए भने कार्यक्रमको संहजीकरण परियोजनाको अधिकृत गणेश ठकुरीले गरेका थिए । बैठकमा सहभागिहरुले कार्यक्रकले लिएको लक्ष्य तथा लक्षित क्षेत्रमा आइपर्ने समस्याहरु तथा कार्यक्रमलाई थप फलदायी बनाउँन गर्नु पर्ने कार्यहरु लगायत परियोजनासँग सम्बन्धित बिभिन्न आयामहरुको बिषयमा छलफल गरेका थिए ।

बैठकमा जिल्ला शिक्षा विकास समन्वय एकाईका प्रमुख फतबहादुर श्रेष्ठ,बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण,प्रकाश थारु संगिता पोखरेल,गैर सरकारी महासंघ पर्साका अध्यक्ष छठु साह पत्रकार मनोज पटेल लगायतले परियोजनाले गरेका राम्रा कामहरुको प्रशंसा गर्दै अनुगमनको पाटोलाई मजबुद बनाउँदै कार्यक्रमलाई थप फलदायी बनाउँने बिषयमा आ आफ्ना धारणाहरु राखेका थिए । परियोजनाले स्कुल बाहिर रहेका वालिका,अपाङ्गता भएका वालावालिका तथा किशोरीहरुलाई स्कुल सम्म पु¥याउँने देखि लिएर सिप मूलक तालिमहरु संचालन गरी आत्मा निर्भर बनाउँने सम्मका कामहरु गर्दै आएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -