शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

१७ दिनअघि मृत अवस्थामा फेला सीताको शव आफन्तले अझैसम्म बुझेनन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रुपन्देही,०५ असाेज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ ।

- Advertisement -

४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घर पक्षले सीताले आत्महत्या गरेको बताइरहँदा माइती पक्ष र स्थानीयवासीले उनको हत्या भएको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए । उनीहरूले न्याय माग गर्दै सडकमा प्रदर्शनसमेत गरे ।

अहिले आन्दोलन रोकिए पनि उनीहरूले शव उठाउन दिएका छैनन् । मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको माइती पक्षको भनाइ छ ।

- Advertisement -

प्रहरीले सुरुमै सीताको मृत्युलाई आत्महत्या ठहर गरे पनि माइती पक्षले उनको हत्या भएको किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर माइती पक्ष र छिमेकीले दिनहुँ जसो आन्दोलन गरेपछि मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो ।

प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले रातोपाटीलाई बताइन् । अहिले शव उठाउँदा अनुसन्धान फितलो बनाउन सक्ने भएकाले आफूहरूले शव उठाउन नमानेको उनको भनाइ छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार