20.1 C
Kathmandu
24.4 C
Birgunj

ओमनसँग नेपाल पराजित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ असाेज । ओमानसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल फराकिलो गोल अन्तरले पराजित भएको छ ।

- Advertisement -

आइतबार राति दोहास्थित कतार युनिभर्सिटीमा सम्पन्न खेलमा ओमानले २ का विरुद्ध ७ गोल गरेको थियो । पहिलो हाफमा २-१ गोलले पछि परेको नेपाल दोस्रो हाफमा ५ गोल खाएपछि जवाफमा १ गोल मात्रै गर्न सफल भयो।

साफ च्याम्पियनसिपको तयारीका लागि कतार पुगेको नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपका लागि नेपाल आज मालदिभ्स जानेछ ।

च्याम्पियनसिपमा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -