17.1 C
Kathmandu
22.1 C
Birgunj

गर्भपतन गराउन पाउनुपर्ने भन्दै महिलाहरु प्रदर्शनमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१७ असाेज । गर्भपतन गराउन पाउनुपर्ने भन्दै अमेरिकामा हजारौंले सडक प्रदर्शन थालेका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्।

- Advertisement -

गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।

यसका समर्थकहरूले जन्मने क्रममा रहेको शिशुको रक्षाका लागि यो कानुन बनाइएको बताएका छन्।

रिपब्लिकन पार्टीको बाहुल्य रहेका अन्य राज्यहरूमा पनि राजनीतिज्ञहरूले यस्तो प्रतिबन्ध लगाउन पहल गरिरहेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -