17.1 C
Kathmandu
22.1 C
Birgunj

ईपीएलः भैरहवाविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ असाेज । दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा सोमबार हुने भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

- Advertisement -

त्रिवि क्रिकेट मैदानमा ब्याटिङमा उत्रिएको चितवनका लागि मोहम्मद शहजाद र खडक बोहरा क्रिजमा ओपनिङमा आएका छन् । चितवनले आजको खेलमा साहब आलम, विरन्दीपसिंह र कप्तान सोमपाल कामीलाइै विश्राम दिएको छ । उनीहरुको स्थानमा गौतम केसी, देव खनाल र सेकुगे प्रसुन्नालाई मैदानमा उतारेको छ ।

भैरहवाले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

दुवै टोली प्ले अफमा पुगिसकेका छन् । सुरुआती चार खेलमा अपराजित चितवनको ८ अंक छ । र शीर्ष स्थानमा छ भने तीन खेलमा ४ अंक जोडेको भैरहवा तेस्रो स्थानमा छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -