20.1 C
Kathmandu
24.4 C
Birgunj

शेयर बजार ४१ अङ्कले बढ्यो, कारोबार रकम ३ अर्ब पनि पुगेन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१९ असाेज । हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर २ हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

- Advertisement -

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको १ सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर १ सय ३६ अङ्कले बढेको छ ।

यस्तै होटलको ३६, जीवन बीमा समूहको ३ सय ७ , निर्जीवन बीमा समूहको २ सय ६५, उत्पादन समूहको १ सय ७ र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा २ अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज २ सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्याेरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -