9.1 C
Kathmandu
17.6 C
Birgunj

नदीले बगाएर एक जना बेपत्ता

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१९ असाेज । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् ।

- Advertisement -

छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पिपरा रजवाडास्थित बागमती घाटमा आफ्ना छिमेकीको मलामी गएका बैठा नदीमा नुहाउन पसेका थिए । केही दिनदेखि भएको वर्षाका कारण बागमतीमा पानीको बहाव उच्च छ ।

नुहाउन पसेको बेला पानीको भेलमा परेका बैठाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -