शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

राजनीतिक दबाबमा जबरजस्ती करणीका आरोपी तारेखमा रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २३ असोज- जबरजस्ती करणीका आरोपीलाई पर्सा प्रहरीले उन्मुक्ति दिएको आरोप पिडित पक्षले लगाएको छ । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं. २ मधुवनीमा एकल महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरी नै उन्मुक्ति दिएको आरोप पिडितजनले लगाएका छन् ।

- Advertisement -

घरमा कोही नभएको मौका छोपी ऋण दिएको पैसा माग्ने बहानामा सो वडाका युवा सञ्जालका सदस्य समेत रहेका मटर वर्णवालले बलात्कारको प्रयास गरेको पिडित महिलाले बताइन् ।

घटनाको विषयमा जानकारी प्राप्त भएपछि पुगेको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको भए पनि नेकपा एमाले निकट रहेका युवा संञ्जालका सदस्यहरुको दबाबका कारण पर्सा प्रहरीले घटनालाई साम्य बनाएर आरोपीलाई उन्मुक्ति पर्सा दिएको पिडित महिलाको आरोप छ ।

- Advertisement -

आर्थिक अवस्था कमजोर भएको तथा राजनितिक पहुँच नभएको कारण आफुले न्याय पाउन नसकेको ती महिलाले गुनासो गरिन् । महिलाका अनुसार बारम्बार आफु माथि बलात्कारको प्रयास भएको भए पनि प्रहरीले आरोपीलाई मनोबल बढाउने काम गरेकोले आफु झन असुरक्षित महसुस गरेको ती महिलाको गुनासो छ । घटनाबारे आफुले पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसँग प्रत्यक्ष रुपमा भेटी जानकारी गराउँदा पनि राजनितिक दबाबका कारण प्रहरीले न्याय दिन नचाहेको पिडित महिलाको आरोप छ ।

यता, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार घटनाको सूचना प्राप्त भएपछि प्रहरीले अरोपीलाई पक्राउ गरेको भए पनि पिडित भनिएकी महिलाले जाहेरी दिन समेत नआएपछि अरोपीलाई तारेखमा छोडेको बताए । घटनामा प्रहरीका अनुसार पैसा लेनदेनको मामिला समेत भएको प्रहरीको भनाई छ ।

यता, महिलाले आफ्नो अभिभावक घरमा नभएको कारण समस्या भएको भए पनि आफुले घटनामा मिलापत्र गर्न नचाहेको र दोषीलाई कारवाही माग महिलाको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार